जेबिल्स फाइनान्सको सेयर आजदेखि लिलामीमा

Advertisement

काठमाडौं।  जेबिल्स फाइनान्सले आज (मंगलबार) देखि तीन लाख ४० हजार नौं सय ५५ दशमलव ५० कित्ता संस्थापक सेयर पुनः लिलामीमा ल्याएको छ ।

कम्पनीको यस सेयरमा न्युनतम एक सय रुपियाँलाई आधार मानेर बोलकबोलमा सहभागी हुनुपर्ने छ। जसमा लगानीकर्ताले एक हजारदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीले यसअघि पुस १० देखि १७ गतेसम्म संस्थापक समूहको ६ लाख ६५ हजार नौं सय ५५ दशमलव ५० र सर्वसाधारण समूहको ३ लाख ३१ हजार ६ सय ७२ दशमलव ५० कित्ता सेयर लिलामीमा ल्याएको थियो ।

त्यसबेला संस्थापक समूहको ३ लाख २५ हजार कित्तामात्र बिकेपछि बाँकी सेयर फेरि लिलामीमा ल्याइएको हो । यसपटक यस संस्थापक सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सकिने  बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरीले जनाएको छ । चैत्र १३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ७३ करोड ८२ लाख १० हजार रुपियाँ छ । बाँकी रहेको सेयर लिलामीमा बिक्री भएपछि चुक्ता पुँजी ८० करोड ९० लाख ७७ हजार पाँच सय रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement