महिला उद्यमशीलता प्रवद्र्धनमा जोड

Advertisement

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले महिला उद्यमशीलता प्रवद्र्धनको माध्यमबाटै महिला सशक्तीकरणको अभियान प्रभावकारी हुने बताएकी छन् ।

अमेरिकामा अध्ययन गरेका विद्यार्थीहरूको सङ्गठन (नुसान)ले आज राजधानीमा आयोजना गरेको ‘उद्यमशीलताका माध्यमबाट महिला सशक्तीकरण’ विषयको गोष्ठीमा उनले नारी उत्थान र विकासका लागि सरकार क्रियाशील रहेको बताए ।

सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणा साकार पार्न नारीलाई उद्यमशील तुल्याउन अपरिहार्य भएको बताउँदै सरकारीस्तरका पनि महिलालाई आत्मनिर्भर र उद्यमशीलतातर्फ उन्मुख गराउन विविध कार्यक्रम सञ्चालन भइरहेका जानकारी दिए ।

“बजारको आवश्यकताअनुसार निजी क्षेत्रले पनि कार्यक्रम बनाउनुपर्छ र सरकारले तिनलाई सहयोग पुग्ने किसिमका नीति तर्जुमा गर्नुपर्छ”, सार्वजनिक–निजी साझेदारीमा महिला सशक्तीकरण एवं उद्यमशीलता विकास हुनुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement