सेयर बजारमा एकल अंकको गिरावट जारी, अनलाइन कारोबार प्रणालीमा बारम्बार समस्या

Advertisement

काठमाडौं । लगातारजसो घट्दै आएको सेयर बजारमा मंगलबार पनि गिरावट जारी रह्यो । आज सेयर बजार परिसुचक नेप्से छ दशमलव ८३ अंकले घटेर एक हजार १४७ कायम रह्यो भने कारोबार जम्मा १४ करोड रुपियाँमा सीमित रह्यो ।

अनलाइन कारोबार प्रणालीमा समस्या आउँदा कारोबार न्यून भएको हो । प्रणालीमा समस्या आउँदा लगानीकर्ताले सेयर सहजरुपमा किनबेच गर्न पाएनन् । सेयर बजार सुधार आउने आशा गरे पनि लगातार गिरावट हुँदा निराश बनेका लगानीकर्तालाई प्रणालीको समस्या अर्को टाउको दुखाईको विषय बनेको छ ।

निर्वाहरुपमा कारोबार हुन नसकेको आजको सेयर बजारमा सबैभन्दा धेरै नागरिक लगानी कोषको सेयर खरिद बिक्री भएको छ । उसको दुई करोड ३५ लाख रुपियाँको मात्रै कारोबार भएको छ । आज धेरै नाफा गर्नेमा आशा लुघवित्तका लगानीकर्ता अगाडि छन् भने घाटा धेरै खानेमा मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ता अगाडि छन् ।

समूहगतरुपमा हेर्दा होटलहरुको कुनै पनि किनबेच आज भएन् भने बाँकी सबै समूहका उपसुचकहरु घटेका छन् । व्यापार समूहको गिरावट एक प्रतिशतभन्दा बढि छ जुन सबैभन्दा उच्च हो ।

Advertisement

Advertisement

Advertisement