मुकेशले अनिल अम्बानीको ऋण तिरिदिएर जेल जानबाट जोगाए

Advertisement

काठमाडौं । भारतीय अरबपति मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीको ऋण तिरिदिएका छन् । अनिलले स्वीडेनको एरिक्सन कम्पनीलाई मंगलबारसम्म ८० मिलियन डलर तिर्नुपर्ने थियो । अनिलले मंगलबार सम्म ऋण तिर्न नसकेमा तीन महिना जेल जानुपर्ने थियो । तर, मुकेशले आफ्ना भइलाई सबै ऋण तिरिदिएर बचाएका हुन् ।

अदालतले अनिल अम्बानीलाई मंगलबारसम्म सम्पूर्ण ऋण तिर्न आदेश दिएको थियो । दाजुले आफ्नो सबै ऋण तिरिदिएपछि अनिलले वक्तव्य जारी गर्दै दाइ मुकेश र भाउजू नीता अम्बानीलाई धन्यवाद दिएका छन् ।

उनले कठिन घडीमा परिवारको सहयोग पाएको उल्लेख गर्दै दाजु भाउजुले अप्ठेरो समयमा परिवारको मूल्यमान्यता तथा महत्वलाई कायम राखेको भन्दै आभार प्रकट गरेका छन् ।

पछिल्लो समय मुकेश र अनिलको सम्बन्ध राम्रो थिएन । दुवै एक अर्काका प्रतिद्वन्द्वी भएको भन्दै मनमुटावमा थिए । तर, समस्याको अन्तिम घडिमा आफ्ना दाजु मुकेशले नै सहयोग गर्न पर्यो ।

Advertisement

Advertisement

Advertisement