महालक्ष्मी विकास बैंकको नयाँ शाखा चाबहिलमा

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकले सोमबार काठमाडौँ महानगरपालिका वडा नं ७ स्थित चाबहिलमा शाखा कार्यालयको उद्घाटन गरेको छ । उक्त समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले प्रमुख आतिथ्यता ग्रहणसँगै चाबहिल शाखाको उद्घाटन गरेका थिए ।

। सो अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय, सञ्चालक राजेश कुमार रौनियार तथा रुपेन्द्र पौडेलको उपस्थिति रहेको थियो । कार्यक्रमको अतिथिहरुमा विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा अन्य स्थानीयहरु थिए । कार्यक्रममा उपस्थित अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै उक्त शाखाको उत्तरोत्तर प्रगतीको कामना गरेका थिए ।

समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ सेवाको पहुँच पुर्याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Advertisement

Advertisement

Advertisement