आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट वैशाख दुई गतेदेखि

Advertisement

काठमाडौं । आइएमई गु्रपले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस वर्ष पनि काठमाडौंको दशरथ रंगशालामा ‘आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट’को आयोजना गर्ने भएको छ ।

आइएमईले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी बालबालिकाको क्षमता वृद्धि गर्न र खेलक्षेत्रको विकास गर्ने उद्देश्यले टेनिस टुर्नामेन्टको आयोजना गर्न लागेको जनाएको हो ।

आउँदो वैशाख दुई गतेदेखि सुरु हने यस खेलमा आठ वर्षदेखि १४ वर्षसम्मका बालबालिका एकल प्रतियोगितामा सहभागी हुन पाउने छन् । छ दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा देशभरबाट एक सय ५० प्रतियोगीले सहभागिता जनाउने बैंकले अपेक्षा गरेको छ ।

प्रतियोगीले चैत पाँच गतेदेखि २५ गतेसम्म दशरथ रंगशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस एसोसिएसन सातदोबाटो, नाउलिङ स्पोर्टस भिल्ला सुन्दरवस्ती भंगाल र आइएमई कम्प्लेक्स पानीपोखरीमा आवेदन दिन सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement