प्रभु बैंकको नयाँ शाखा झापा र मोरङमा

Advertisement

काठमाडौं । प्रभु बैंकले झापा जिल्लाको चन्द्रगढी नगरपालिका वडा नं. ७ र मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ७ मा सोमबार एकै साथ दुई नयाँ आप्mनो शाखा सञ्जाल विस्तार गरेको छ । बैंकले सेवाग्राहीहरुलाई सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखा विस्तार गरेको हो ।

झापा जिल्लास्थित चन्द्रगढी नगरपालिका वडा नं. ७ स्थित चन्द्रगढी शाखा कार्यालयको झापा जिल्ला प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एक समारोहकाबीच उद्घाटन गरेका हुन् । त्यसैगरी, मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ७ स्थितउर्लाबारी शाखा कार्यालयको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले समुद्घाटन गरेका हुन् ।

चन्द्रगढी शाखा कार्यालय र उर्लाबारी शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीयलगायतकोे उपस्थिति रहेको थियो ।

कार्यक्रमका दुवै प्रमुख अतिथीहरुले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, एवं गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउन लागेकोमा खुसी व्यक्त गरे ।

उर्लाबारी तथा चन्द्रगढी नगरपालिका बासीहरुलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आप्mनो आर्थिक क्रियाकलाप बैंकिङ प्रणाली मार्पmत् गरी गुणस्तरीय बैंकिङ सेवाको लाभ लिन आग्रह गरेका थिए ।

सञ्चालनमा आएका बैंकका चन्द्रगढी र उर्लाबारी शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने तथा दुवै नगरपालिकाको समग्र आर्थिक विकासमा टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement