विराटनगरको तिनपैनीमा प्रभु बैंकको नयाँ शाखा सञ्चालन

Advertisement

प्रभु बैंक लिमिटेले मोरङको विराटनगरस्थित तिनपैनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका मुख्य व्यवस्थापक विनोदराज आचार्यले एक समारोहका विच उक्त शाखाको उद्घाटन गरे ।

कार्यक्रमका प्रमुख अतिथी आचार्यले अतिथिको मन्तव्य राख्दैै प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउन लागेको प्रंशसनीय काम गरेको बताए ।

बैंकको तिनपैनी शाखाबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने र विराटनगर महानगरपालिकाको आर्थिक विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement