‘काठमाडौँ युथ कन्क्लेभ’मा पारस खड्कालाई एक लाख नगदसहित सम्मान

Advertisement

काठमाडौं । युवाहरूलाई नेतृत्व, व्यवस्थापन र औद्योगिक सीपहरूमा मद्दत गर्ने लक्ष्यका साथ आयोजित भेला ‘काठमाडौँ युथ कन्क्लेभ २०१९’मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का एक लाख रुपियाँसहित सम्मान भएका छन् । यससँगै उनलाई काठमाडौं केवाईसी युथले कन्क्लेभ युथ आइकन २०१९ पनि घोषणा गरेकोे छ ।

क्रिकेट लगायत अन्य क्षेत्रबाट नेपाली युवाहरूलाई नेपालमै केही गर्न र सफल हुन सकिन्छ भनी प्रेरित गरी युवा क्षेत्रमा योगदानका बापत् उनलाई सम्मान प्रदान गरिएको केवाईसी युथले जनाएको होे ।

काठमाडौँका युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाडौँ मोडेल कलेज र हिमालय कलेज अफ इन्जिनियरिङ्गको संयुक्त आयोजनामा भएको सम्मेलनम आज सम्पन्न भएको हो । सम्मेलनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले खेलकुदमार्फत राष्ट्रियताको भावना र एकता ल्याउन सकिने बताए ।

काठमाडौँ युथ कन्क्लेभ २०१९ मा काठमाडौँका विभिन्न कलेजहरूबाट करिब तीन हजार विद्यार्थीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विभिन्न कलेजका तर्पmबाट सांस्कृतिक प्रस्तुतिहरू, प्रदर्शनी, खाना स्टल, गेम जोन लगायत पनि राखिएको थियो ।

Advertisement

Advertisement

Advertisement