काभ्रेमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान

Advertisement

काठमाडौं । काभ्रेमा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच मंगलबार राति दोहोरो फायरिङ भएको छ । ललितपुरको नख्खुमा फागुन १० गते भएको बम विस्फोटको अनुसन्धानका क्रममा काभ्रे पुगेको अपराध महाशाखाको टोली र विप्लव समूहबीच गोली हानाहान भएको हो।

मोबाइल टावरका आधारमा बम विस्फोट गराउने विप्लवका कार्यकर्ता खोज्दै गएको प्रहरी टोलीमाथि गोली चलाइएपछि प्रहरीले जवाफी फायरिङ गर्नुपरेको अपराध महाशाखाका एसपी केदार ढकालले बताएका छन् ।

अनुसन्धानका क्रममा विस्फोटमा संलग्न समूह काभ्रेमा रहेको मोवाइलको टावरले देखाएपछि काठमाडौंबाट प्रहरी टोली त्यसतर्फ गएको थियो । काभ्रेको रोशी गाउँपालिकामा भएको गोली हानाहानमा प्रहरीतर्फ सबै सकुशल रहे पनि विप्लव समूहतर्फ कुनै क्षति भएको विवरण आइसकेको छैन् ।

विस्फोट, आगजनी र हत्यामा संलग्न हुन थालेको भन्दै सरकारले नेत्रविक्रम चन्द नेतृत्वको माओवादीलाई राजनीतिक दलको मान्यता नदिने र उसका गतिविधिलाई नियन्त्रण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि अर्धभूमिगतरुपमा गतिविधि गर्दै आएका विप्लवका नेता कार्यकर्ता भूमिगत भई यस्ता घटना बढाउन थालेका छन् ।

Advertisement

Advertisement

Advertisement