विखण्डन छोडेर राजनीतिक मुलधारमा आएपछि सीके राउतको तराईमा 'क्रेज' घट्यो

Advertisement

सिरहा । सिरहाको लहानमा आइतबार र सोमबार स्वतन्त्र मधेस गठबन्धनको दुईदिने राष्ट्रिय परिषद् बैठकपछि राउत नेतृत्वमा जनमत पार्टी गठन भएको छ। स्वतन्त्र मधेसको मुद्दा छाडेर मूलधारको राजनीतिमा आएपछि सीके राउतप्रतिको ‘क्रेज’ घट्दै गएको देखिएको छ।

मंगलबार बिहान १० बजे लहानमा राउतको स्वागत र्‍याली र नागरिक अभिनन्दन गरिने प्रचारप्रसार गरिएको थियो। तर, न त नागरिक अभिनन्दन भयो न पहिले जसरी र्‍यालीमा सहभागी देखिए। लहानस्थित मारवाडी सेवा सदनमा राउतलाई उनका समर्थकले माला लगाइदिए।

र्यालीसहित नगर परिक्रमा गरियो। मोटरसाइलक र्यालीमा करिब दुई सयजति समर्थक सहभागी भए। २०७३ साल माघ ५ गते मधेस बलिदानी दिवसका दिन राउत लहान आउँदा हजारौँको संख्यामा उनका समर्थक उपस्थित थिए । पार्टी गठन गरेको छ, जनमत संग्रह र स्वतन्त्र मधेसको मुद्दा बिर्सजन गरेको कुरा आएको छ,’ उनले भने, ‘यस्तो निर्णय स्वागत योग्य छ ।’

मुद्दा छाडेर मूलधार राजनीतिमा आउँदा समर्थक घट्नु स्वभाविक रहेको उनको बुझाई छ। प्रहरी प्रशासनलाई भिड थेग्न समस्या परेको थियो । ०७४ माघ ५ गते जनकपुरमा पनि उतिकै संख्या समर्थक देखिएका थिए । गएको माघ ५ गते राउत जेलमै हुँदा पनि राउतका समर्थकले लहानमा मोटरसाइकल र्‍याली गरेका थिए।

राष्ट्रिय परिषद बैठकमा दुई सय सहभागी भएको बताइएको भए पनि विज्ञप्तिमा डेढ सय सहभागी भएको विवरण सार्वजनिक भयो । फागुन २४ गते सरकारसँग ११ बुँदे सम्झौता गरी स्वतन्त्र मधेसको मुद्दा छाडेपछि उनको समर्थक उनलाई छाड्ने गरेको उनी सुनाउँछन्। ‘ समर्थक भन्दा राउतलाई हेर्न र उनको भाषण सुन्न आउनेको संख्या बढी देखियो। त्यसपछि मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको शालिकमा राउतले माल्यार्पण गरे।

माल्यार्पणपछि राउतले सम्बोधन भने गरेनन्। उनी बोल्दै नबोली सप्तरीतिर लागे। आफू नेता हुन मधेसको चर्को नारा उठाएर जनताको भावना भडकाए, उनले भने– आफ्नो स्वार्थ पूर्तिका लागि मात्रै नेता मधेसको मुद्दा उठाउने गर्छन्। अब हामी जनतामा जान्छौँ, चुनावमा भाग लिन्छौँ ।

राउतले थपे– जनताले हामीलाई जे को लागि मत दिन्छ त्यही अनुसार अगाडी बढ्छौँ। उनले परिषद् बैठकमा पनि मुल मुद्दा छाडेको भनेर केन्द्रीय नेताले असन्तुष्टि जनाएका थिए । राउत नेतृत्वको जनमत पार्टीका केन्दीय सदस्य अब्दुल खान अब संगठन विस्तारमा लाग्ने बताउछन्।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement