त्रिशुली थ्री ‘बी’को आइपीओ भोलिदेखि बिक्री, प्रधानमन्त्रीले पहिलो सेयर किन्ने

Advertisement

काठमाडौं। माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत कम्पनीले ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गतको ३७ करोड पाँच लाख रुपियाँ बराबरको आइपीओ भोलि (बिहिवार)देखि बिक्री गर्ने भएको छ।  कम्पनीले ३७ लाख ५ हजार कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो   ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जलविधुत योजनाको पहिलो आईपीओ किन्न विहीबार आवेदन दिँदैछन् । उनले जनताको जलविद्युत आयोजना सुरु भएकै दिन पहिलो सेयर आफुले किन्ने बताएका थिए।  सोहि अनुसार प्रधानमन्त्री ओलीले आईपीओ किन्न ग्लोबल आईएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा २ वटा डिम्याट खाता समेत खोलिसकेका छन् । बिहीबार बिहान साढे ९ बजे एक समारोहका बीच उनले आईपीओ खरिद गर्ने भएका हुन्  ।

देशका सबै जनतालाई जलविद्युतमा लगानी गर्ने अवसर प्रदान गर्ने उद्देश्यले सुरुवात गरेको जनताको जलविद्युत आयोजनामा धितोपत्रबोर्डबाट सबैभन्दा पहिले अनुमति माग्ने कम्पनीमा त्रिशुली थ्री ‘बी’ आयोजना परेको थियो। त्रिशुलीको आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

सरकारले ल्याएको ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ अभियान अन्तर्गत १९ वटा जलविधुत आयोजना निर्माण गर्ने छ । यी आयोजनाले सर्वसाधारणका लागि एक खर्ब दुई अर्ब २८ करोडको सेयर दिने छ । जसमध्य त्रिशुलिले  ३७ लाख ५ हजार कित्ता आइपीओ कित्ता भोलिदेखि बिक्री गर्ने भएको हो।

त्रिशुली जलविद्युत आयोजनाको कुल क्षमता ३७ मेगावाट रहेको छ । सरकारले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत ६ खर्ब ९५ अर्ब ८० करोड रुपियाँको लागतमा १९ वटा आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ । यी आयोजनाहरुबाट कुल एक खर्ब दुई अर्ब २८ करोड रुपियाँ बराबरको सेयर सर्वसाधारणलाई जारी हुनेछ ।

 

Advertisement

Advertisement

Advertisement