होलीमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा एकको मृत्यु, २९४ जना पक्राउ

Advertisement

काठमाडौं । फागु पूर्णिमा अर्थात होली खेल्ने क्रममा बुधबार मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा काठमाडौंको डल्लुमा एकजनाको मृत्यु भएको छ भने २९४ जना पक्राउ परेका छन् ।

मत्यु हुनेमा कीर्तिपुर नगरपालिका ६ बस्ने २९ वर्षीय सुनिल बस्नेत रहेका छन् । पैदल यात्रुलाई ठक्कर दिँदा उक्त मोटरसाइकल दुर्घटना भएको र मोटरसाइकलमा सवार तीन जनामध्ये बस्नेतको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख वसन्त लामाले बताएका छन् । मोटरसाइलमा चालक विना हेल्मेट सवार थिए । दुर्घटनापछि मोटरसाइकल सडकबाट ७० मिटर तल खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते वस्नेतको उपचारका लागि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । ठक्कर खाने पैदल यात्रु भने सामान्य घाइते छन् । त्यसबाहेक होली खेल्ने क्रममा दुइ समूहबीच नयाँ बानेश्वरमा भिडन्त्र भएको खबर छ ।

त्यसैगरी होली खेल्ने क्रममा अभद्र व्यवहार गर्ने तथा सवारी साधन आवागमनलाई असर पुर्‍याउने २९४ जना राजधानी काठमाडौंबाट पक्राउ परेका छन्। पक्राउ परेकालाई सामान्य सोधपुछपछि साँझ नै छाडिएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement