एशियन लाइफ इन्स्योरेन्सको हकप्रद निष्काशन चैत १५ गतेदेखि

Advertisement

एशियन लाइफ इन्स्योरेन्सले यहि चैत २५ गतेदेखि चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले दश बराबर ६ कित्ताको अनुपातमा ७५ लाख ४० हजार ३५२ दशमलव ७३ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

हकप्रद निष्काशन प्रयोजनको लागि कम्पनीले फागुन २२ गते शेयरधनी दर्ता किताब बन्द ९बुकक्लोज० गरेको थियो। यस अनुसार फागुन २१ गतेसम्म कायम रहेका एशियन लाइफ इन्स्योरेन्सका शेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन्।

कम्पनीको हकप्रद बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल रहेको छ । हकप्रदमा बिक्री प्रबन्धक तथा एशियन लाई इन्स्योरेन्सको सम्पूर्ण कार्यालयहरु, तथा सि आश्वा प्रणाली प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न सकनिे व्यवस्था रहेको छ । हकप्रदमा आवेदन दिने अन्तिम दिन २०७६ बैशाख २९ गते रहेको छ।

कम्पनीको शेयर नेप्सेमा चैत ५ गते मंगलबार प्रतिकित्ता ३९८ रुपियाँमा कारोबार भएको छ। एक अर्ब २५ करोड ६७ लाख २५ हजार ४५५ रुपियाँ चुक्ता पूँजी रहेको एशियनको ६० प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी दुई अर्ब एक करोड सात लाख ६० हजार रुपियाँ पुग्नेछ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ७३ करोड रुपियाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले २ करोड ८९ लाख रुपियाँ खुद नाफा कमाएको छ । यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४ रुपियाँ ६० पैसा, प्रतिशेयर नेटवर्थ १२० रुपियाँ ९६ पैसा र मूल्य आम्दानी अनुपात १३२.९४ गुणा बढी छ। इन्स्योरेन्सको गत जेठ १९ गते सम्पन्न दशौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो।

Advertisement

Advertisement

Advertisement