कालिका पावर कम्पनीको एजीएम चैत ८ गते

Advertisement

काठमाडौं । कालिक पावर कम्पनीले ११ औं वार्षिक साधारण सभा चैत ८ गते गर्ने भएको छ । कम्पनीको बैठकले सभा कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर–१० चितवनमा बिहान ११ बजे हुने निर्णय गरेको हो ।

सभामा वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण स्वीकृत एवं सञ्चालक चयन गर्ने लगायत एजेन्डा छन् ।

कालिका पवरले गत भदौमा आइपीओ बिक्री गरी पुँजी ६० करोड रुपियाँ बनाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यसले ९ करोड ४ लाख ९६ हजार रुपियाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ६ रुपियाँ ७८ पैसा रहेको कालिका पावरको प्रतिसेयर नेटवर्थ १०० रुपियाँ ८६ पैसा छ ।

कम्पनीले साधारण सभाका लागि फागुन २७ गतेदेखि फागुन ३० गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गरेको छ । फागुन २६ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउने छन् ।

Advertisement

Advertisement

Advertisement