सेञ्चुरी बैंकले गर्यो ६.५ प्रतिशत लाभांश प्रस्ताव

Advertisement

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको ६.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले २ प्रतिशत बोनस र ४.५ प्रतिशत नगदसहित उक्त लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बैंकले ८ अर्ब २५ करोड ४ लाख चुक्ता पुँजीको २ प्रतिशतले हुन आउने १६ करोड ५० लाख रुपैंया बराबरको बोनस र ४.५ प्रतिशत हुन आउने ३७ करोड १२ लाख ७० हजार बराबरको नगदसहित उक्त लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति र साधारण सभाबाट पारित भएपछि लाभांश वितरण हुने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement