‘महिलालाई अर्थतन्त्रको मूल प्रवाहमा समेट्न सके हिंसा कम हुन्छ’

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठले मानव अधिकारको उच्चतम ख्याल गर्दै दक्षिण एशिया क्षेत्रमा व्यवसायिक प्रवद्र्धन र विशेषगरी महिला उद्यमशीलता विकासमा सामूहिक रूपमा लाग्नु पर्नेमा जोड दिएकी छन् ।

महिला, व्यवसाय र मानव अधिकार सम्बन्धी क्षेत्रीय कार्यक्रममा उनले उद्यमशीलताको विकासमार्फत महिलाहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा समेट्न सकियो भने दक्षिण एशिया क्षेत्रमा महिला हिंसा र मानव अधिकार हनन्का घटनाहरूसमेत कम हुने र यस क्षेत्रलेनै आर्थिक समृद्धि हासिल गर्न सक्ने उनले बताईन ।

यूएनडीपी र यूएन वोर्किंङ ग्रुपले भारतको नया“ दिल्लीमा आयोजना गरेको यूएन साउथ एशिया अन विजनेश एण्ड ह्यूमन राइटस विषयक क्षेत्रीय कार्यक्रमको महिला, व्यवसाय र मानव अधिकार विषयक शत्रलाई संवोधन गर्दै सभापति श्रेष्ठले सो कुरा बताईन ।

उनले व्यवसाय सञ्चालनका क्रममा चुनौतीहरू आउ“छन तर त्यस्ता चुनौतीहरूलाई सामना गरी मानव अधिकारको उच्चतम ख्याल गर्दै सार्क क्षेत्रमा व्यवसायिक प्रवद्र्धन र विशेष गरी महिला उद्यमशीलता प्रवद्र्धनमा सामूहिक रूपमा लाग्नपर्नेु उनको धारणा रहेको थियो ।

सार्क क्षेत्रमा महिला उद्यमशीलता विकासमा सम्पत्ति माथिको पहु“चमा कमी, पू“जी अभाव, चर्को बैकिङ व्याजदर, पर्याप्त शिक्षा, तालीम, ज्ञान, शीप तथा प्रविधिको अभाव, अन्तरिक एवं वाह्य बजार प्रवद्र्धन हुन नसक्नु, विशेष गरी कार्यस्थलमा मानव अधिकारका विषयमा पर्याप्त जानकारी दिन नसक्नु मुख्य चुनौतीको रूपमा रहेकाले यस क्षेत्रमा सरकारले विशेष ध्यान दिनु पर्ने जोड दिईन् ।

Advertisement

Advertisement

Advertisement