ईपीएस कोरियन भाषा परीक्षा शूल्क ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सकिने

Advertisement

काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक नेपाली नागरिकले भाषा परीक्षाको आवेदन शूल्क ‘ आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने भएका छन् । ‘आइएमई पे ’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो ।

यहि मिति २०७५ साल चैत ८ गतेदेखि १७ गतेसम्म सेवाग्राहीहरूको पायक पर्ने स्थानमा रहेका ‘ आइएमई पे’ तथा सेवाग्राहीहरू आफैंले ‘आइएमई पे’ डाउनलोड गरि सिधैं इपीएस कोरिया टोपिक परीक्षा शूल्क भुक्तान गर्न सक्ने कम्पनीले जनाएको छ ।

‘आइएमई पे’ का सम्पूर्ण एजेण्ट पार्टनरहरूले सेवाग्राहीहरूको फारम भर्ने काममा सहजीकरण गर्नेछन् । परीक्षा शूल्क भुक्तानीका लागि परीक्षार्थीहरूको पुरा नाम, पासपोर्ट र मोबाइल नम्बर स्पष्टसँग उल्लेख गर्नुपर्नेछ । परीक्षा शूल्क चौबिस (२४) अमेरिकन डलर दस्तुर लाग्नेछ ।

उक्त सम्बन्धित दिनका लागि निर्धारण गरेको विनिमय दरमा हुनेछ । परीक्षा शूल्क भुक्तानी सफल भएपछि परीक्षार्थीहरूले टिपाउनुभएको नीजको मोबाइल नम्बरमा एसएमएस मार्फत भौचर नम्बर प्राप्त हुनेछ र उक्त भौचर नम्बर परीक्षा फारम भर्ने बेलामा प्रयोग गर्नुपर्नेछ । परीक्षा शूल्क भुक्तानी प्रकृया पूर्ण भइसकेपछि परीक्षा फारम भर्नका लागि साइटमा जानुपर्नेछ ।

यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।

Advertisement

Advertisement

Advertisement