फरार हीरा व्यवसायी नीरव मोदी लन्डनमा पक्राउ

Advertisement

काठमाडौं । फरार भारतीय हीरा व्यवसायी नीरव मोदी लन्डनमा पक्राउ परेका छन् । आत्मसमर्पण नगरेका कारण बेल नपाउने मोदीलाई अदालतले बुधबारबाट मार्च २९ सम्म हिरासतमा राख्न भनेको छ ।

भारतीय कानुन प्रवर्तन निर्देशनालयले उनको सुपर्दगीका लागि आग्रह गरेपछि मङ्गलबार लन्डनको अदालतले नीरव मोदीलाई पक्राऊ आदेश जारी गरेको थियो । उनी पन्जाब नेसनल बैङकको १३,५०० करोड ठगी मामिलासँग जोडिएका छन् ।

बुधबार उनलाई वेस्टमिनिस्टर मजिस्ट्रेट अदालतसमक्ष उपस्थित गराइएको थियो, जहाँ उनले भारतमा सुपुर्दगीका विरुद्ध कानुनी लडाँई लड्दै बेलका लागि मुद्दा चलाएका छन । उनले अदालतसमक्ष पाँच लाख पाउन्ड बेलका लागि धरौटी अफर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement