गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्न प्रधानमन्त्री ओली भैरहवामा

Advertisement

बुटवल । प्रधानमन्त्री केपी ओलीले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छन् । शुक्रबार बिहान भैरहवा आएका ओलीले सो विमानस्थलको हालसम्मको कार्यप्रगति सन्तोषजनक भए हेर्नुका साथै काम चाँडै सक्न आग्रह पनि गरे ।

प्रधानमन्त्री ओलीसँगै पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसहितले विमानस्थलको स्थलगत अवलोकन गरेका थिए ।

विमानस्थलको प्रगति विवरणबारे आयोजना प्रमुख ई प्रवेश अधिकारीले जानकारी गराउँदै हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको बताए । उनले निर्माणकार्य निर्वाहरुपमा अघि बढिरहेको बताउँदै सक्दो छिटो सम्पन्न गर्न आफूहरु लागिपरेको बताएका थिए ।

आजै, प्रधानमन्त्री ओलीले तिलोत्तमा नगरपालिका–१ मा निर्माणाधीन प्रदेशस्तरको मेडिकल कलेज र चौराहास्थित बुटवल–नारायणगढ सडक खण्डको छ लेनको सडक विस्तारको उद्घाटन पनि गरे ।

Advertisement

Advertisement

Advertisement