अर्थविद् मदन दाहालको निधन

Advertisement

काठमाडौं । अर्थशास्त्री प्राडा मदनकुमार दाहालको शुक्रबार निधन भएको छ । उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो करिब १२ बजे निधन भएको हो । दाहाल प्याङ्क्रियाजको रोगबाट पीडित थिए।

त्रिभुवन विश्वविद्यालयमा चार दशक अध्यापन सेवामा रहेका दाहाल सरकारी वित्त विश्लेषक तथा अर्थतन्त्रका बारेमा कटु आलोचना गर्ने व्यक्ति थिए । राष्ट्र बैंकको सल्लाहकारदेखि मेगा बैंकको अध्यक्षसमेत रहेका उनी नेपाल आर्थिक संघको अध्यक्षसमेत भएका थिए । दाहालले अर्थशास्त्रमै विद्यावारिधिसमेत गरेका थिए । दाहालले एसियाली विकास बैंकका लागि अन्तर्राष्ट्रिय परामर्शदाताका रुपमा पनि काम गरेका थिए ।

संघीयताबाट मुलुकको विकास हुन नसक्ने कुराको कट्टर विचारक दाहाल मुलुकमा भइरहेको आर्थिक बेथिति, भ्रष्टाचार, कर प्रशासनका समस्या, बढ्दो व्यापार घाटा जस्ता कुराहरुमा आलोचना गर्ने र सरकारलाई सजग गराउने काम निरन्तररुपमा गर्दै आएका थिए । पछिल्लो समयमा आर्थिक अवस्थाले साथ नदिएपछि उनी सार्वजनिक कार्यक्रमहरुमा देखिएका थिएनन् ।

Advertisement

Advertisement

Advertisement