प्रभु बैंकको नयाँ शाखा मोरङ्गको तिनपैनीमा

Advertisement

काठमाडौं । प्रभु बैंक लिमिटेडले चैत ५ गतेदेखि मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका वडा नं। २ स्थित तिनपैनीमा तिनपैनी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। तिनपैनी शाखा कार्यालयको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका मुख्य व्यवस्थापक विनोदराज आचार्यले उद्घाटन गरेका थिए ।

शाखा विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले सेवा विस्तार गरेको जनाएको छ ।

बैंकले उक्त शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त सेवा उपभोग गरी लाभान्वित हुने अपेक्षा लिएको छ ।

Advertisement

Advertisement

Advertisement