पूर्वराजासँग सुटुक्क भेटेपछि भारतीय राजदूतसँग झस्कियो सरकार, पुरीलाई स्पष्टिकरण सोधिने

Advertisement

काठमाडौं । राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीबीच गोप्यरूपमा भएको भेटलाई नेपाल सरकारले अवैधको संज्ञा दिएको छ।

मधेसलाई केन्द्रविन्दु बनाएर मध्य तथा पूर्वी तराईको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच जनकपुरमा भएको भेटप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाएको छ।

तराई भ्रमणमा रहेकै बेला राजदूत पुरीले कुटनीतिक मर्यादाभन्दा बाहिर गएर भेट गरेको भन्दै राजदूतसँग सोधनी गर्ने निर्णयमा सरकार पुगेको बताइएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले अवाञ्छित गतिविधि गर्दै हिँडेका पूर्वराजा ज्ञानेन्द्रसँग भारतीय राजदूतले भेट गरेकाले स्पष्टीकरण लिने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

नेपालका पूर्वभीभीआईपीलाई भेट्नुअघि नेपालमा रहेका सबै कुटनीतिज्ञले नेपाल सरकारको अनुमति लिनुपर्ने प्रचलन रहे पनि राजदूत पुरीले भने सरकारलाई नै जानकारी नदिई गोप्यरूपमा पूर्वराजालाई भेट गरेको सूचना जिल्ला प्रहरी कार्यालय धनुषाले गृह मन्त्रालयलाई जानकारी गराएपछि सरकारले राजदूत पुरीसँग स्पष्टीकरण लिने तयारी गरेको ती मन्त्रीले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement