विप्लव समूहका नेता ओलीसहित एनसेलको गेटमा बम पड्काउने योजनाकारहरु पक्राउ

Advertisement

काठमाडौँ । सरकारद्वारा प्रतिबन्ध लगाइएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रभावशाली नेता हेमन्तप्रकाश ओली 'सुदर्शन' पक्राउ परेका छन्।

प्रहरी स्रोतका अनुसार मध्य केन्द्रीय कमाण्ड इन्चार्ज ओली शुक्रबार राति काभ्रेबाट काठमाडौँ आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । उनलाई प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।

ओलीसँगै शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्कासमेत पक्राउ परेका छन्।

प्रहरीले ललितपुरको एनसेल गेट र वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा भएको बम विस्फोटमा ओली ‘सुर्दशन’को निर्देशनमा भएको निष्कर्ष निकालेको स्रोतले बताएको छ । ओली विप्लव नेतृत्वको नेकपाका तेस्रो नम्बरका नेता तथा स्थायी समिति सदस्य हुन्। सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले विप्लवका नेतालाई गाउँगाउँ पुगेर निगरानी बढाउँदै प्रकाउ गरिरहेको छ ।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement