कन्टेनर र टाटा सुमो ठोक्किँदा २ को मृत्यु, ६ घाइते

Advertisement

विराटनगर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा भएको गाडि दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गुडिरहेको कन्टेरमा टाटा सुमो ठोक्किँदा उक्त क्षति भएको हो ।

ना ३ ख ६९१८ नम्बरको कन्टेनरमा तीब्र गतिले आइरहेको बा ११ च ७९४८ नम्बरको यात्रुबाहक टाटा सुमो ठोक्किएको हो । कन्टेनर पश्चिमतर्फ जाँदै गरेको अवस्थामा एउटै दिशाबाट आइरहेको टाटा सुमो ठोक्किएको हो । इलाका प्रहरी कार्यालय पथरीका अनुसार टाटा सुमो काठमाडौंबाट यात्रु लिएर झापा जाँदै थियो ।

घटनामा झापा अर्जुनधारा नगरपालिका–४ का ४७ वर्षीय रामकुमार आछामी र सोही जिल्लाकै गौरादह नगरपालिका–४ का ४५ वर्षीय प्रकाश मगरको मृत्यु भएको प्रहरीको भनाई छ । त्यस्तै, घाइते हुनेहरुमा गौरादह–४ की ५५ वर्षीया दुर्गा मगर, १४ वर्षीया प्रविका मगर, ३८ वर्षीया बबिता मगर, ४५ वर्षीय योगेश न्यौपाने र काभ्रेको भुमुटार नगरपालिका–८ का २७ वर्षीय रमेश तामाङ र सुमो चालक झापाको दमक नगरपालिका–२ का ३७ वर्षीय कूलबहादुर रेग्मी छन्।

Advertisement

Advertisement

Advertisement