गोर्खाज फाइनान्सको ब्राण्ड एम्बेसडरमा मेलिना राई नियुक्त

Advertisement

काठमाडौं। गोर्खाज फाइनान्सको ब्राण्ड एम्बेसडरमा गायिका मेलिना राई नियुक्त भएकी छिन । फाइनान्सले नेपाली संगित क्षेत्रकी गायिका राईलाई शुक्रबार एक कार्यक्रम गरि एक बर्षका लागि एम्वेसडर नियुक्त गरेको हो ।

एम्वेसडर नियुक्त सम्बन्धी सम्झौता पत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लाल बहादुर थिङ र गायिका राईले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत थिङले गायिका मेलिना राई सँगको सहकार्यले फाइनान्सको व्यावसाय प्रवद्र्धनमा सहयोग पुग्ने बिचार ब्यक्त गरे । सम्झौताले फाईनान्सको व्यवसाय प्रवर्दन सहयोग पुग्ने तथा संस्थागत सामाजिक उत्तरदायित्वमा पनि टेवा पुग्ने फाइनान्सले जनाएको छ । सम्झौता सँगै गायिका राईले देश तथा विदेशमा समेत गोर्खाज फाइनान्सको व्यवसाय प्रवद्र्धनमा सहयोग बताईएको छ ।

राष्ट्रिय स्तरको गोर्खाज फाइनान्स लिमिटेडले सात वटै प्रदेशमा २३ वटा शाखा मार्फत् आफ्ना ग्राहकलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ । हाल फाइनान्सले आफ्नो सेवाग्राहीलाई आधुनिक वित्तीय सेवाहरु मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आइ. पि. एस., डेविट कार्ड, सि–आस्वा लगायतका सेवाहरु प्रदान गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement