केन्द्रीय बैंकले पाँच अर्बको रिपो जारी गर्न आज ३ बजे बोलकबोल गर्दै

Advertisement

काठमाडौं।  नेपाल राष्ट्र बैंकले आइतबार पाँच अर्ब रुपियाँको रिपो जारी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत सात दिनमा परिपक्व हुने गरी रिपो जारी गर्न लागेको जनाएको  हो । रिपो आज (आइतबार) अपराह्न ३ बजे नै बोलकबोल हुने बैंकले जनाएको छ ।

बैंकले  रिपो जारी गर्ने बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।  चैत्र १७ गते परिपक्व हुने यस रिपोको ब्याजदर पाँच प्रतिशत तोकिएको छ ।

Advertisement

Advertisement

Advertisement