सेयर लगानीकर्ताले धितोपत्र बोर्डमा लगाएको ताला सुरक्षाकर्मीले तोडे

Advertisement

काठमाडौं।  सेयर लगानीकर्ता दवाब समुहले धितोपत्र बोर्डमा गरेको तालाबन्दी सुरक्षाकर्मीले तोडेको छ ।  बोर्डको कार्यालय जावलाखेलमा लगानीकर्ताहरु ताला लगाएर  बोर्ड परिसरमा शान्तिपूर्वक धर्नामा बसेका बेला वोर्डले सुरक्षाकर्मी बोलाएर तालाबन्दी तोड्न लगाएको हो ।

पूँजीबजारको समस्या अध्ययन कार्यदलले बुझाएको ५८ बुँदामध्ये धेरै बुँदा कार्यान्वयनमा जान नसकेको, तथा आफ्नो समूहले उठान गरेका ३२ बुँदे मागको कार्यान्वयनको माग गर्दै बोर्ड कार्यालयमा तालाबन्दी गरेको आन्दोलनकर्ताको भनाई थियो। प्रहरी परिचालन भएपछि लगानीकर्ता झन आक्रोशित भएका छन् । उनीहरूले आन्दोलन थप चर्काउने बताएका छन् ।

उनीहरूले यस विषयमा अर्थ मन्त्रालय, अन्तिरिक राजश्व विभाग र बोर्डका प्रतिनिधि उपस्थित भएर वार्ताको वातावरण बनाउन माग गरेका हुन् । वार्ताको वातावरण बनेमा गेटको ताला खोल्ने उनीहरूको भनाई थियो । उनीहरूको मागको कुनै सुनुवाइ नगरी बोर्डले सुरक्षाकर्मी लगाएर ताला खोलेपछि बोर्ड परिसर तनावग्रस्तमा भएकाे छ । अहिले बाेर्डकाे मुख्य ढाेकाबाट कसैलाइ पनि प्रवेश गर्न दिइएकाे छैन ।

Advertisement

Advertisement

Advertisement