यो साता पनि सेयर बजारमा शुभ देखिएन, आज नेप्से एकल अंकले घट्यो

Advertisement

काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सेयर बजारमा गिरावट जारी रह्यो । आज सेयर बजार परिसुचक नेप्से ५ दशमलव ७८ प्रतिशत घटेर एक हजार १३४ कायम रह्यो । त्यस्तै कारोबार २३ करोड २४ लाख रुपियाँको कारोबार भएको छ ।

आज जलविद्युत समूहमा नगन्य सुधार देखिए पनि बाँकी सबै समूहमा गिरावट भएको छ । सबैभन्दा बढि होटल समूहमा १ दशमलव १० प्रतिशत रहेको छ भने निर्जीवन बीमा समूहको गिरावट पनि एक प्रतिशतभन्दा बढि छ । बाँकी समूहका उपसुचकहरु भने एक प्रतिशतभन्दा कमले घटेका छन् ।

आज धेरै कारोबार गर्नेमा आशा लघुवित्त वित्तीय संस्था रहेको छ । उसो एक करोड ५५ लाख रुपियाँको सेयर किनबेच भयो । नाफा धेरै गर्नेमा नागबेली लघुवित्तका लगानीकर्ता छन् भने घाटा धेरै खानेमा युनिभर्सल पावर कम्पनीका लगानीकर्ता छन् ।

सेयर बजारमा सुधार नआउँदा लगानीकर्ता निराश बन्दै गएका छन् । बजार घट्दै गएपछि सेयर लगानीकर्ता दबाब समूहले आइतबार धितोपत्र बोर्डमा तालाबन्दी पनि गर्यो । आफूहरुमा माग पूरा नभएको भन्दै समूहले लगाएको ताला प्रहरीले आएर तोडेको थियो ।

Advertisement

Advertisement

Advertisement