‘ड्याट्सन गो’ कारको नयाँ मूल्य सार्वजनिक

Advertisement

नेपालमा ड्याट्सन गाडीको आअिधकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालिले नेपाली बजारमा ड्याट्सन गो गाडीको नयाँ खरिद मूल्य समर्वजनिक गरेको छ । २४.९९ लाख रुपियाँ मूल्यबाट प्रारम्भ हुने उक्त गाडीका विभिन्न तीन ओटा मोडेलहरु जीओ ए ०, जीओ टी ०नेपली बजारमा उपलव्ध छन् ।

उक्त गाडीहरु थापाथली तथा कम्पनीका आधिकारिक शोरुमहरु तथा नेपालको विभिन्न १३ वटम स्थानबाट प्राप्त गर्न सकिने छ । सो गाडीबाट प्रयोगकर्ताले आरामदायी तथा स्टाईलीस ड्राईभिङको अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।

उक्त कारमा जापानिज प्रविधियुक्त ईन्जिन, इन्धन कम खपत गर्ने, बस्नको लागि धेरै स्पेस तथा सुरक्षाजस्ता पक्षहरु रहेका छन् । यस कारका अन्य विशेषताहरुमाः

फस्टइन सेग्मेन्ट
एनड्रोइड अटोप्ले र एप्लकार प्लेको साथ ७ इन्चको टच अडियो
१४ इन्चको डाइमन्ड कट अल्लोइ ह्वील
सेफ्टी प्याकेज–डुयल एयर ब्याग, एबीएस–इबीडी–बीए, तथा पार्किङ सेन्टर

वेस्ट–इन–क्लास
१८० एमएमको ग्राउण्ड क्लियरेन्स
२४५० एमएमको ह्वील वेस
२६५ लिटर लगेज स्पेस
४.६ एम टर्निङ रेडियस

नयाँ ‘ड्याट्सन गो’मा राइड कन्ट्रोल एड्भान्सड् सस्पेन्सन सिस्टम तथा १.२ एच्आ १२ डीइ पेट्रल इन्जिन रहेको, जसले प्रतिलिटर १९ दशमलव ८३ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीको दावी छ ।

ड्याट्सन निशान मोटर कम्पनीले मार्च २०१२ मा तेस्रो अन्तर्राट्रिय ब्राण्डको रुपमा पुनःआगमन भएको जानकारी दिएको छ । यसले निरन्तर ग्राहकलाई मोटरिङ अनुभव प्रदान गर्दै आएको जनाउँदै कम्पनीले जापानिज कारको १०८ वर्षको अनुभवलाई प्रतिनिधित्व समेत गरेको जनाएको छ ।

यसले भारत इन्डोनेशिया, रसिया तथा दक्षिण अफ्रिकामा सन् २०१४ देखि विक्री वितरण गर्दै आएको छ । सन् २०१४ देखि नेपालमा पायोनियर मोटो कर्पद्धारा ड्याट्सन कारको बिक्री प्रारम्भ गरेको हो ।

Advertisement

Advertisement

Advertisement