सिद्धार्थ बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता

Advertisement

काठमाडौं । सिद्धार्थ बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार सिद्घार्थ बैंकले देशभर रहेका आफ्ना एक सय ४६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्ने भएको छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत र दाङ्गबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिना भित्र काठमाण्डौं उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तयारी गरिरहेको छ ।

सम्झौतामा सिद्घार्थ बैंकको तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट सहायक महाप्रबन्धक सपना खरेलले हस्ताक्षर गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement