विद्युत विस्तार परियोजनामा किर्तेगरी करोडौं भ्रष्टाचार गर्नेहरुविरुद्ध मुद्दा दायर

Advertisement

काठमाडौं । भोजपुरको षडानन्द नगरपालिको साविक ५ र ६ वडामा विद्युत विस्तार गर्ने क्रममा नक्कली किर्ते गरी लाखौं रुपियाँ भ्रष्टाचार गर्नेहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नगरपालिकाको विद्युत विस्तार परियोजनामा काम गर्ने उनीहरुले किर्ते कागजाज तयारी गरी रकम फरफारक गरेर आर्थिक अनियमितता गरेको अख्तियारको ठहर छ । परियोजनाका तत्कालिन प्रशासकीय प्रमुख जयनारायण खनालसहित १० जनाविरुद्ध ३ करोड बिगो दाबीसहित मुद्दा दायर गरिएको हो ।

खनालसहित तत्कालिन लेखा अधिकृत संतोष श्रेष्ठ, इन्जिनियर विमलकुमार राई, असिस्टेन्ट सब इन्जिनियर महेश कार्की, वडा अध्यक्ष किशोर किरात, उपभोक्ता समिति अध्यक्ष फुर्वा तामाङ, सचिव राजेन्द्र राई, कोषाध्यक्ष ज्ञानुमाया तामाङ, संयोजक हेमकुमार श्रेष्ठविरुद्ध २९ लाखका दरले बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ भने शिक्षा अधिकृत (बिनी) मणिराम तामाङसँग भने १८ लाख ६८ हजार बिगो माग दाबी गरिएको छ।

Advertisement

Advertisement

Advertisement