निरन्तर घट्दै आएको सेयर बजारमा आज नगन्य सुधार, युनिभर्सल र शिवमका लगानीकर्ता मर्कामा

Advertisement

काठमाडौं । निरन्तर घट्दै आएको सेयर बजारमा सोमबार नगन्य सुधार देखिएको छ । आज सेयर बजार परिसुचक नेप्से तीन दशमलव ८७ अंकले बढेर एक हजार १३८ कायम भएको छ ।

त्यस्तै कारोबार रकममा आइतबारभन्दा केही कमी भई २४ करोड २६ लाख रुपियाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर दुई करोड रुपियाँभन्दा बढिले खरिद बिक्री भएको छ ।

समूहतर्फ जलविद्युत, वित्त, उत्पादनमूलक र अन्य समूहमा गिरावट भएको छ भने बाँकी समूहका उपसुचकहरुमा सामान्य सुधार देखिएको छ । आज धेरै नाफा गर्नेमा ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ता अगाडि छन् भने युनिभर्सल पावर कम्पनीका लगानीकर्ता अगाडि छन् । यो कम्पनीको सेयर १० प्रतिशतले घटेको छ भने दोस्रोमा शिवम् सिमेन्टको सेयर झण्डै १० प्रतिशतले घटेको छ ।

Advertisement

Advertisement

Advertisement