एनआइसी एसियाको नयाँ शाखा रुपन्देहीमा

Advertisement

काठमाडौँ । बुटवल नगरपालिका–१३ रुपन्देहीमा एनआइसी एसिया बैंकको नयाँ शाखा सुरु भएको छ । बेलबास शाखाको एनआइसी एसिया बैंकका प्रमुख मानव संसाधन तथा विकास अधिकृत कपिल ढकालले शनिबार उद्घाटन गरे ।

उक्त शाखाको उद्घाटन समारोहमा ढकालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिवृद्वि गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याइरहेको जानकारी गराए ।

Advertisement

Advertisement

Advertisement