मुक्तिनाथ विकास बैंकका दुई नयाँ शाखा सञ्चालन

Advertisement

काठमाडौं। मुक्तिनाथ विकास बैंकको २ नयाँ शाखा दाङको घोराही र वर्दियाको गुलरीयामा शाखा कार्यालय विस्तार गरेको छ ।

घोराही शाखाको समुद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले गरे । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथिचौधरीले मुक्तिनाथ विकास बैकले आफ्नो उत्कृष्ट सेवालाई कायम राख्दै आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

गुलरीया शाखाको समुद्घाटन गुलरीया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरे । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथियादवले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड गर्नु हुँदै बैकको उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना एक सय १४ वटा शाखा, २२ वटा एटिएम र करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement