विप्लवलाई चैतसम्म कुर्छु, त्यसपछि कुर्दिनः ओली

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले भूमिगत आन्दोलन गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई सहमतिमा आउन आउँदो चैतसम्मको समय दिएका छन् । नेकपाको संसदीय दलको बैठकमा चैतसम्म हतियार बिसाएर वार्तामा आउन अल्टिमेटम दिएका हुन् ।

दिएको मौकामा पनि वार्तामा नआए कडा कारवाही अघि बढाउने ओलीको संकेत छ । उनले भने, ‘यही चैत महिना भरीमा हतियार बिसाएर वार्तामा आउनुपर्यो। त्यति बेलासम्मका लागि ढोका बन्द भएको छैन् ।’ प्रधानमन्त्री ओलीले विप्लव समूहका गतिविधि हिंसात्मक रहेको भन्दै यस्तो हिंसा फेरि राज्यले थेग्न नसक्ने बताए ।

हिंसात्मक गतिविधि रोक्न राज्यले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भन्दै उनले मौका दिँदा पनि हिंसा छाडेर, हतियार बिसाएर नआए सम्पूर्ण रुपमा नियन्त्रणमा लिइने बताए । ओलीले चन्द समूहले विकास आयोजनादेखि निजी सम्पत्तिमा विस्फोट गराउने, स्थानीय निकायदेखि व्यावसायीसँग चन्दा उठाउने, धम्क्याउने काम गर्दै आएको भन्दै त्यसैका कारण आफूहरुले यो समूहलाई प्रतिवन्ध लगाउनुपरेको बताए ।

उनले वार्ताबाट समस्या समाधान गर्न सरकार तयार रहेको भन्दै हिंसात्मक र गैरकानुनी क्रियाकलाप स्वीकार्य नरहेको बताए । ओलीले संसदको अधिवेशन सकिएकाले अर्को अधिवेशन सुरु हुने अवधिसम्म सरकारले गरेका कामको सकारात्मक सन्देश लिएर जिल्ला जान साँसदहरुलाई निर्देशन पनि दिए ।

Advertisement

Advertisement

Advertisement