त्रिशुली थ्री ‘बी’को आइपीओमा मागभन्दा बढी आवेदन परेपछि सोमबार नै सेयर बिक्री गर्न बन्द

Advertisement

काठमाडौं । माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत कम्पनीले जारी गरेको  ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गतको  आइपीओमा मागभन्दा बढी आवेदन परेको छ।

कम्पनीले चैत ७ गतेदेखि निष्काशन गरेको आइपीओमा करिब १७ गुणा बढी आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको हो  । कम्पनीले जारी गरेको उक्त आईपीओमा न्युनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म भर्न पाइने व्यवस्था थियो ।

बिक्री प्रबन्धकका अनुसार आइतबार बेलु्कासम्ममा करिब ७८ हजार आवेदनबाट ३ करोड ४५ लाख ३७ हजार कित्ताका लागि आवेदन परेको छ । यो सर्वसाधारणकाबाट आह्वान गरिएको ३५ लाख ९३ हजार ८५० कित्ताको आधारमा नौं दशमलव ६१ गुणाले बढी हो ।

बिक्री प्रबन्धकका अनुसार सोमबार साँझ पाँच बजेसम्म एक लाख ५५ हजार चार सय ७४ जनाले ६६ करोड ३३ लाख ६३ हजार दुई सय रुपियाँ बराबरको सेयर माग गरेका छन् । कम्पनीले चैत ७ गतेदेखि ३७ करोड पाँच लाख रुपियाँ बराबरको सेयरको बिक्री खुला गरेको थियो ।

माग भन्दा बढी आवेदन परेकाले कम्पनीले सोमबार नै सेयर बिक्री गर्न बन्द गरेको क्यापिटलले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement