बेलायतले घोषणा गरेको प्याकेजको विरोधमा गोर्खा भूपू सैनिकहरु, समान व्यवहार हुनुपर्ने

Advertisement

काठमाडौं । बेलायत सरकारले घोषणा गरेको भूपू गोर्खा सैनिकहरुको लागि घोषणा गरेको नयाँ प्याकेजको विरोध गर्दै गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले आन्दोलनको घोषणा गरेको छ । संघले पूर्वसहमति र पूर्वप्रतिबद्धताविपरीत कपटपूर्ण तरिकाले एकतर्फी ‘प्याकेज’ घोषणा गरेको भन्दै बेलायत सरकारविरुद्ध आन्दोलन गर्ने बताएको हो ।

गेसोले सोमबार गरेको पत्रकार सम्मेलन तीन महिने आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । गेसोका सभापति कृष्णकुमार राईले पूर्वप्रतिबद्धताविपरीत बेलायतले प्याकेज घोषणा गरेको भन्दै यो आफूहरुलाई मान्य नभएको बताए । उनले भने, ‘यो घोषणा गोर्खाहरुमाथिको अर्को कपटपूर्ण ब्रिटिस चालबाजी र षड्यन्त्र हो । बेलायत सरकारले आफ्नै सैनिकहरुसँग गरेको प्रतिबद्धता भुलेर षड्यन्त्रमूलक तरिकाले अघि बढ्नु विडम्बना हो । दुनियाँलाई मानवअधिकार र प्रजातन्त्रको पाठ सिकाउने बेलायतको यो कदम दुनियाँका लागि पनि लज्जाको विषय हो।’

राईले गोर्खाहरुको माग केही प्रतिशत पेन्सन वृद्धि नभएर सबै खाले विभेद अन्त्य र समानता भएको भन्दै गोरा सैनिकसरह सबै खालका सुविधा नभएसम्म आन्दोलन जारी राख्ने बताए । बेलायत सरकार, नेपाल सरकार (लण्डनस्थित नेपाली दूतावास) र गोर्खाहरुको प्रतिनिधिहरुबीच सहभागी त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको प्रतिवेदन अनुसार गोर्खाहरुको समस्या सम्बोधन गर्ने प्रतिबद्धताबाट बेलायत पछि हट्नु दुःखद भएको गेसोको भनाई छ ।

Advertisement

Advertisement

Advertisement