नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले पाए अवकाश

Advertisement

काठमाडौं।  नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले अवकाश पाएका छन्। देवेन्द्रप्रताप शाहले चार बर्षसम्मको कार्यकाल पुरा गरी चैत १२ गते मंगलबारबाट अवकाश पाएका हुन्।

उनले आफ्नो कार्यकालमा आफुले गरेका काम सफल भएको दाबि गरेका छन्।  उनकै कार्यकालमा  वित्तीय सूचकहरुमा  ठूलो उपलब्धि हासिल गर्न सफल भएको बताउँदै भने, ‘म आउँदा बैंक वित्तीय रुपमा बिरामी थियो, ननफण्ड बिजिनेस थोरै थियो, त्यसमा सुधार भएको छ । चार प्रतिशतमा सीमित रहेको पुँजी पर्याप्तता अनुपात बढाएर लगानीका लागि ठूलो फण्डको सिर्जना गरेँ, नकारात्मक रहेको रिजर्भको आकारलाई सकारात्मक बनाउन पहल गरेँ ।'

शाहले यो अवधिमा आइपुग्दा बैंकले निक्षेप र कर्जाको आकार, कस्ट अफ फण्ड, आधार दर र नाफाका हिसाबले समेत उत्कृष्ठ बैंकहरुसँग प्रतिस्पर्धी हैसियत बनाउन सफल भएको बताए।  उनले बैंकलाई प्रविधि, जनशक्ति र वित्तीय सूचकका हिसाबले देशकै प्रतिस्पर्धी बैंक बनाउन सफल भएको दाबी गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत शाहको अवकास पछि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कृष्णबहादुर अधिकारीले पाएका छन् ।

Advertisement

Advertisement

Advertisement