मन्त्री पुन र बङ्गलादेशी राजदूतबीच भेटवार्ता

Advertisement

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा सम्बन्धी बङ्गलादेशसँग भएको द्विपक्षीय समझदारीलाई अगाडि बढाउन नेपाल सरकार तत्पर रहेको बताए ।

मन्त्री पुनसँग शिष्टाचार भेटका लागि पुग्नुभएका नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते साम्सलाई उनले सो कुरा बताका हुन् । भेटवार्तामा द्विपक्षीय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

भेटमा मन्त्री पुनले बङ्गलादेशमा केही समयअघि मात्र नयाँ सरकार बनेको भन्दै नयाँ सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गरे ।

सो अवसरमा बङ्गलादेशी राजदूत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङ्गलादेशबाट निजी क्षेत्रको सहभागिता रहने जानकारी दिदैं ऊर्जा क्षेत्रमा लगानीका लागि बङ्गलादेश सरकार इच्छुक रहेको बताए ।

Advertisement

Advertisement

Advertisement