मेलम्चीमा अनियमितता भएको भन्दै छानविन गर्न विवेकशीलले अख्तियारमा हाल्यो उजुरी

Advertisement

काठमाडौं । विवेकशील पार्टीले मेलम्ची खानेपानी आयोजनामा अनियमितता भएको भन्दै छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको छ । दलकी नेतृ रञ्जु दर्शनासहितको टोलीले मंगलबार अख्तियार पुगेर उजुरी दिएको हो ।

टोलीले अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालालाई बुझाएको उजुरीमा मेलम्ची आयोजनामा भएको ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारबारे छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

Advertisement

Advertisement

Advertisement