लगानी सम्मेलनमा भाग लिन आएकाहरुले अन्तर्राष्ट्रिय व्यापार मेला पनि हेर्न पाउने

Advertisement

काठमाडौं । सरकारले गर्न लागेको लगानी सम्मेलन र नेपाल उद्योग वाणिज्य महासंघले गर्न लागेको अन्तर्राष्ट्रिय व्यापार मेला संयोगले एकै समयमा परेको छ । सम्मेलन यही चैत १४ र १५ गते हुँदैछ भने मेला पनि सोही दिन सुरु हुँदैछ ।

नेपाली वस्तुहरुको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस मेलामा लगानी सम्मेलनमा भाग लिन विभिन्न मुलुकबाट आउने सहभागीहरुले पनि अवलोकन गर्न पाउनेछन् । मेला चैत्र १८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुँदैछ । मेलामा चीनबाट ९० वटा, भारतबाट १० वटा, बाङ्लादेशबाट ४० वटा रहेको छ भने अन्य नेपाली स्टल रहनेछन् ।

महासंघले मंगलबार पत्रकार सम्मेलन गरी मेला आयोजनाको तयारी पूरा भएको जानकारी दिएको हो । सम्मेलनमा महासंघकी अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष  किशोर प्रधान, चन्द्र ढकाललगायतले मेला आयोजनाबारे जानकारी दिएका थिए ।

मेलामा कुल दुई सय २५ भन्दा बढी स्टलमार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शन गरिनेछ । मेलाकै क्रममा चैत १५ गते चीनबाट आएको व्यवसायिक प्रतिनिधिमण्डलसँग महासंघद्धारा अन्तरक्रिया, व्यवसायीक वार्ता तथा संयुक्त लागानीका लागि सहमतीपत्रमा हस्ताक्षर पनि गर्ने कार्यक्रम रहेको छ ।

आयोजना हुन गईरहेको मेलामा स्वदेशी र विदेशी गरी करिव एक लाख अवलोकनकर्ताहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

Advertisement

Advertisement

Advertisement