सेयर बजारमा सामान्य सुधार जारी, युनिभर्सल र शिवमको गिरावट आज पनि उच्च

Advertisement

काठमाडौं । सेयर बजारमा सोमबारदेखिको सुधार मंगलबार पनि जारी रह्यो । आज सेयर बजार परिसुचक नेप्से २ दशमलव ०७ अंकले बढेर एक हजार १४० कायम भयो भने कारोबारमा केही कमी आई २१ करोड ५१ लाख रुपियाँको कारोबार भयो ।

आज सबैभन्दा धेरै एनबी बैंकको संस्थापक सेयर एक करोड ५८ लाखको खरिद बिक्री भयो । त्यस्तै, नाफा गर्नेमा नेपाल सेवा लघुवित्तका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा युनिभर्सल पावर कम्पनी र शिवम सिमेन्टका लगानीकर्ता आज पनि अगाडि छन् । समूहतर्फ लघुवित्तबाहेक सबै समूहका उपसुचकहरुमा सामान्य सुधार रहेको छ ।

Advertisement

Advertisement

Advertisement