सिन्धुपाल्चोकमा ग्यास सिलिण्डर पड्केर मृत्युहुनेको सनाखत

Advertisement

चौतारा । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ फुल्पीङकट्टिस्थित माथिल्लो चाकुखोला ‘ए’ जलविद्युत् आयोजनाको खाजाघरमा ग्यास सिलिण्डर पड्केर चार मजदूरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखा सितासोरका २३ वर्षीय भाइकाजी शेर्पा र हुम्लाका २४ वर्षीय संजुक लामा रहेका छन् भने अन्य दुईको शव क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थलबाट शवका टुक्रा सङ्कलन गरी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउन लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । सोमबार बेलुका खाजा बनाइरहेको अवस्थामा ग्यास सिलिण्डर पड्केर सो दुर्घटना भएको थियो ।

घटनास्थल जिल्ला सदरमुकामबाट करीब १०० किलोमिटर दूरीमा पर्दछ । हावाहुरीका साथ वर्षा र हिमपात भएकाले घटनाको विस्तृत विवरण आउन ढिलाइ भएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement