काठमाडौं महानगरपालिकाले किनेको ब्रुमर सञ्चालनमा

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदूषणरहित वातावरण र फोहोर मुक्त शहरका निर्माणका लागि भन्दै आज मंगलबारदेखि नयाँ ब्रुमरहरु सञ्चालनममा ल्याएको छ ।

फोहोरको व्यवस्थापन र विर्सजनको समस्याले वातावरण र जलवायु परिवर्तनमा प्रतिकुल प्रभाव पार्दै गएको भन्दै महानगरपालिकाले बु्रमर सञ्चालनमा ल्याएको जनाएको हो ।

शहर सफा गर्नका लागि सरोकारवाला निकायहरुसँग समन्वय गर्दै सडक, ढल र नाली मर्मतका साथ हरियाली पार्क निर्माण गर्ने विशेष कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ ।

यस्ता गतिविहरुलाई सार्थकता दिन र धुलो, धुँवा तथा ध्वनीमुक्त शहर बनाउने विश्वासका साथ ब्रुमर सञ्चालनमा ल्याएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए । उनले दुई वर्ष आगाडी नै ब्रुमर ल्याउने कुरामा सरकारले चासो नदिएको बताउँदै ठिलै भएपनि शहर सफा गर्ने ब्रुमर आउँदा खुशी लागेको बताए ।

शहर, सडक सफाईमा सडक विभागको पनि महत्वपूर्ण भूमिका रहेको महानगरपालिकाका प्रमुख शाक्यले बताए । उनले सडकका खाल्डाखुल्टीलाई पुर्ने काम सडक विभागको रहेको बताए ।

शाक्यले बु्रमरले पिच रोडमा मात्रै सफा गर्न सक्ने भएकोले सडक विभागले मेलम्ची खानेपानी आयोजनालाई पाइपहरु बिच्छाउने क्रममा भत्काइएका सडकलाई पुर्न र ठेकेदारहरुलाई निर्माण सामग्रीहरु बाटोमै नथुपार्न आग्रह गरे ।

स्थानीय सरकारले स्मार्ट सिटी आयोजना गर्ने निर्णयलाई सरकारले विश्वास नगरेको बताउँदै उनले विभिन्न शंका उपशंका उब्जनिका कारण स्वच्छ, सफा शहर बन्नका लागि समय लागेको बताए ।

Advertisement

Advertisement

Advertisement