युनियन हाइड्रोपावरको आईपिओ आजबाट खुल्ला, ३५ हजार कित्तासम्म भर्न पाइने

Advertisement

काठमाडौं । युनियन हाइड्रोपावर कम्पनी लिमीटेडले आज बुधबारदेखि साधारण शेयर (आईपिओ) को बिक्री खुला गरेको छ। कम्पनीले लक्ष्मी क्यापिटल मार्फत आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट अवितरित समेत कूल ३५ लाख ३४ हजार ३४० कित्ता शेयर निष्काशन गर्न लागेको हो।

कूल निष्काशित आईपिओमध्ये ७० हजार ६८६ कित्ता हाइड्रोपावरका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ। सामूहिक लगानी कोषहरुले खरिद नगरेपश्चात बाँकी ३४ लाख ६३ हजार ६५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यस आईपिओ छिटोमा चैत १७ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा बैशाख १२ गतसम्म खुला रहनेछ। इच्छुकले लगानीकर्ताले मेरो शेयर सफ्वेयर तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिनेछ। आईपिओमा न्यूनतम ५० देखि अधिकतम ३५ हजार कित्तासम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ।

कम्पनीले सर्वसाधारणमा २९ लाख १२ हजार ५५० कित्ता शेयर निष्काशन गरेकोमा गत साउन १४ गतेदेखि आयोजना प्रभावितका लागि निष्काशन गरेको ७ लाख ५० हजार कित्तामध्ये ६ लाख २१ हजार ७९० कित्ता बिक्री नभएपश्चात सो शेयर समेत सर्वसाधारणमा थपिएको हो ।

इक्रा नेपालले कम्पनीको आईपिओलाई औसतभन्दा तल आधार जनाउने इक्रा एनपी आईपिओ ग्रेड ५ु रेटिङ्ग प्रदान गरेको छ। ग्रेड फाइभ रेटिङ्गले कम्पनीको वित्तीय अवस्था कमजोर  रहेको बुझाउँछ।

धितोपत्र बोर्डले सबैभन्दा खराब ग्रेड ५० पाउने कम्पनीलाई आईपिओ निश्कासनमा रोक लगाउने नयाँ व्यवस्था गरे यसअघि नै कम्पनीले स्थानीय बासिन्दालाई आईपिओ जारी गरिसकेकाले यस कम्पनीले आईपिओ जारी गर्ने अनुमति पाएको हो ।

युनियन हाइड्रोपावरले निमार्ण गरेको ३।३ मेगावाट क्षमताको मिदिम खोला जलविद्युत आयोजना निर्माण पूरा भई २०७४ माघ १५ गतेदेखि व्यापारिक उत्पादन सुरु भइसकेको छ भने २३ मेगावाटको मेवाखोला प्रोजेक्ट निर्माणको अनुमति पाएको छ ।

Advertisement

Advertisement

Advertisement