ग्रीन डेभलपमेन्ट बैंकको एजीएम चैत २८ गते

Advertisement

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा चैत २८ गते हुुने भएको छ । बैंकले कार्यक्षेत्र विस्तार गर्ने मुख्य एजेन्डा सहित साधारण सभामा डाकेको हो ।

ग्रीनले तनहुँ र नवलपुर जिल्ला थप गरी कार्यक्षेत्र ५ जिल्ला बनाउने विशेष प्रस्ताव साधारण सभामा पेश गर्ने जानकारी दिएको छ । यस्तै, सञ्चालक समितिको प्रतिवेदन र आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब, लेखापरीक्षकको नियुक्ति लगायत प्रस्तावमा छलफल हुनेछ ।

हाल ग्रीनको चुक्ता पुँजी ५० करोड रुपियाँ रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यसले ८६ लाख ८ हजार रुपियाँ खुद नाफा कमाएको छ ।

साधारण सभा गर्न बैंकले चैत १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्नेछ । चैत १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement