एप्पलको नयाँ प्रोडक्ट सार्वजनिक, हलिउड एप्पल स्ट्रिमिङ सेवामा

Advertisement

एजेन्सी । एप्पल निर्माता कम्पनीले अब एप्पल टिभी नामक स्ट्रिमिङ सेवा सुरु गर्ने भएको छ ।

सुरुवातमा यो सेवा अमेरीकामा प्रात हुने छ । त्यसपछि सयभन्दा बढी मुलुकमा उपलब्ध हुने जनाइएको छ । एप्पलका सीइओ टिम कुकले कम्पनीले आफ्नो प्रोडक्टका माध्यमबाट वर्ल्ड क्लास सेवा दिइरहेको र अबका सेवाहरु पनि त्यही स्तरका हुने बताएका छन् । एप्पलले विभन्न सेवा मार्फतको रकम भुक्तानीका लागि एप्पल पे, एप्पल कार्ड, एप्पल टिभी प्लस, र सूचना तथा खबरका लागि एउटा नयाँ न्यूज प्लस सेवा पनि लञ्च गरेको छ ।

एप्पल न्यूज एप दुनियाँको नम्बर एकमा रहेको छ । जसमा दुनियाँभरका ३०० उत्कृष्ट म्यागेजिनको कन्टेन्ट प्राप्त हुनेछ। आइफोनको एप्पल पे का माध्यमबाट भुक्तानी गरेमा दैनिक २ प्रतिशत रकम फिर्ता र एप्पल कार्डको प्रयोगबाट भुक्तानी गर्दा ३ प्रतिशत रकम फिर्ता हुनेछ। एप्पलले बिना नम्बरवाला क्रेडिट कार्ड पनि लञ्च गरेको छ। जसमा १ प्रतिशत पैसा फिर्ता हुनेछ। भुक्तानी सेवाका लागि ग्राहकले आफ्नो आइफोनबाट साइन(अप गर्नुपर्नेछ। त्यसपछि उसलाई कार्डको सफ्टवयर प्राप्त हुनेछ र उसले सहजै कार्ड प्रयोग गर्न सक्नेछ। एप्पलले एउटा क्रेडिट कार्ड पनि लञ्च गरेको छ। जसमा केबल ग्राहकको नाम मात्र हुनेछ । दुनियाँभरमा एप्पलको एक्सेस भएको ठाउँमा उक्त कार्डबाट कारोबार गर्न सकिनेछ।

Advertisement

Advertisement

Advertisement