इन्भेष्टमेन्ट बैंकले ऋणपत्र बिक्री गर्न अनुमति माग्यो

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।  बैंकले ‘१०.५  प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ नाममा २ अर्ब रुपियाँ बराबरको ऋणपत्र जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपियाँको दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक १०.५ प्रतिशत ब्याजदर तोकिएको छ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

Advertisement

Advertisement

Advertisement