रनर हक २०० सिसिको डर्ट मोटरसाइकल नेपाली बजारमा, मूल्य करिब चार लाख पर्ने

Advertisement

काठमाडौं। रमन मोटर्सले रनर हक २०० सिसिको डर्ट मोटरसाइकल नेपाली बजारमा ल्याएको छ।

१ सय ९८ दशमलव ३ सिसी इञ्जिन रहेको मोटरसाइकलले सात हजार ५०० आरपिएममा १२ दशमलव ७ हर्स पावर र पाँच हजार ५०० आरपिएममा १४ दशमलव ५ एनएमको टर्क निकाल्ने कम्पनीको भनाई छ।

यो मोटरसाइकल अफरोडमा चलाउन अत्यन्तै भरपर्दो र सजिलो रहेको कम्पनीको भनाई छ। नेपालको भूभाग सुहाउँदो डर्ट मोटरसाइकल रमन मोटर्सले विगत तीन महिनादेखि नेपालका विभिन्न क्षेत्रका अफ्ठ्यारो र समथल भूभागमा परिक्षण गर्दा उत्कृष्ट नतिजा पाइएको कम्पनीको भनाई छ।

रमन मोटर्सका देशैभर रहेका २२ वटा डिलरमार्फत एकैसाथ विक्रि गर्ने योजनाका साथ सर्विस र स्पेयर्स पार्टस्को सम्पूर्ण तयारी पुरा भएको कम्पनीले जनाएको छ ।

रमन मोटर्सका विजनेस डेभलपमेन्ट हेड सन्तोष न्यौपानेले हाइ ग्राउण्ड क्लियरेन्स् हुनुका साथै आरामदायी सिट भएको हक मोटरसाइकल सजिलै पहाडी तथा कठिन बाटोमा पनि सहजै कन्ट्रोल गर्न सकिने रहेको बताए।

हाल २०० सिसीको रनर हक रातो रङ्गमा उपलब्ध भएपनि निकट भविष्यमा अन्य रङ्गमा पनि उपलब्ध हुने कम्पनीको भनाई छ।

ग्राहकको आकर्षणका लागि रमन मोटर्सले यो मोटरसाइकल ३ लाख ९९ हजार रुपियाँ विक्री वितरण सुरू गरेको छ। जुन अन्य प्रतिश्पर्धि मोटरसाइकलको भन्दा निकै कम मूल्य रहेको छ।

रमन मोटर्सले नेपालमा रनर कम्पनीका विभिन्न २०० सिसी सम्मका बाइकहरु विक्रि वितरण गर्दै आएको छ। रनर बंलादेशको प्रतिष्ठित मोटरसाइकल कम्पनी हो।

Advertisement

Advertisement

Advertisement